१९ मंसिर २०८२, शुक्रबार

विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग

प्रकाशित मिति :  12 November, 2025 10:49 am


काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट अलग भएको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले चारदलीय समाजवादी मोर्चाबाट अलग हुने घोषणा गरेका हुन् ।

जेनजी आन्दोलनपछि विकसित पछिल्लो राजनीतिक परिस्थितिमा मोर्चाको औचित्य समाप्त भएको निष्कर्ष पार्टीले निकालेको जनाइएको छ ।

वक्तव्यमा भनिएको छ, “समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइसकेका छन्। यस्तो स्थितिमा आजकै स्वरूपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ। सोही निष्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौँ ।”

विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चामा सहभागी चार दलमध्ये एक थियो । मोर्चामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, उपेन्द्र यादव र नेत्रविक्रम चन्द विप्लव सहभागी थिए ।

पछिल्ला राजनीतिक घटनाक्रमपछि तीन दल एकीकृत भई नयाँ नेपाली कम्युनिस्ट पार्टी बनेका छन् भने विप्लवको पार्टीले आफू अलग भएको घोषणा गरेको हो । यस घोषणासँगै समाजवादी मोर्चाको औपचारिक अस्तित्व अन्त्यतर्फ उन्मुख भएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ।



प्रतिक्रिया दिनुहोस !