१९ मंसिर २०८२, शुक्रबार

निर्वाचनमा जाने गरेर दल दर्ता गरेका छौँ : महासचिव विप्लव

प्रकाशित मिति :  18 November, 2025 4:19 pm


काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले निर्वाचनमा सहभागी हुनेगरी दल दर्ता गरेको बताएका छन् ।

निर्वाचन आयोगमा आज दल दर्ताको प्रमाणपत्र पाएपछि विप्लवले निर्वाचनमा भाग लिने बताएका हुन् । उनले नेकपा माओवादी नयाँ गुण, नयाँ सार्थत्व, नयाँ अठोट, नयाँ विश्वास, नयाँ अभियानसहित निर्वाचनमा जाने बताए ।

नेपाली जनताको सुख, अधिकार, मुक्ति र देशको स्वाधिनताको लागि माओवादीले विभिन्न उत्तारचढावपूर्ण यात्रा तय गर्र्दै यहाँसम्म आएको उनको भनाई छ ।

महासचिव विप्लवले जनता नै इतिहासको निर्माता भएकोले जनताको माझमा जान लागेको उल्लेख गर्दै सबै राजनितिक दलहरूको सहमतिमा निर्वाचन हुने बताए ।

ढिलोचाँडो निर्वाचन हुने बताउँदै महासचिव विप्लवले समाजवाद नै आए पनि निर्वाचन हुने बताए ।

उनले भने,“नेपाल कम्युनिस्ट पार्टी माओवादीले नेपाली जनताको सुख, अधिकार, मुक्ति, हाम्रो देशको स्वाधिनताको लागी धेरै उताढतढापपूर्ण यात्रा तय गर्र्दै यहाँसम्म आएको छ ।

हामीले सामन्तवाद र विभिन्न खालका दमनकारी सत्ताको विरुद्धमा विद्रोह गरौँ । हामीले जनताको अधिकारको लागी विभिन्न खालका मोर्चाहरूमा संघर्ष गर्‍याैँ र आज । नेकपा माओवादी नयाँ गुण, नयाँ सार्थत्व, नयाँ अठोट, नयाँ विश्वास, नयाँ अभियानसहित निर्वाचनमा जानेगरि दर्तामा सहभागी बनेका छौँ । यो एउटा नयाँ अभियान शुरु भएको छ ।”

निर्वाचन आयोगले आज विप्लव नेतृत्वको माओवादीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो ।

पार्टीको चुनाव चिन्ह भने गुलाव रहेको छ । आयोगमा निवेदन दिँदा कम्युनिस्ट पार्टी नेपाल नाम प्रस्ताव गरिएको थियो ।

यसअघि नेपाल कम्युस्टि पार्टीको नामबाट गतिविधि सञ्चालन हुँदै आएको थियो ।



प्रतिक्रिया दिनुहोस !