प्रतिनिधि सभा पुनःस्थापना हुनु अपरिहार्य छः महासचिव शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विघटित प्रतिनिधिसभा पुनःस्थापना हुनु अपरिहार्य रहेको बताएका छन् ।
आज पार्टी मुख्यालय च्यासल,ललितपुरमा पार्टीका विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठकमा बोल्दै महासचिव पोखरेलले सर्वोच्च अदालतको पटक पटक फैसला र असंवैधानिक ढंगले बनेकी प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेकाले पनि संविधान र लोकतन्त्रलाई सही बाटोमा ल्याउन प्रतिनिधि सभा पुनस्थापना गर्नुपर्ने पार्टीको मान्यता रहेको स्पष्ट पारे ।
उनले भने,“असंवैधानिक ढंगले उहाँ प्रधानमन्त्रीमा विराजमान हुनुहुन्छ । संविधानले उहाँलाई चिन्दैन । अर्कोतिर संविधानले नचिन्ने प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको अवस्था छ । जुनप्रतिनिधिसभा विघटन सर्वोच्च अदालतका पटक पटकका भर्डिकको हिसावले भन्नेहो भने त्यो असंवैधानिक छ । त्यस अर्थमा सर्वोच्च अदालतको विगतमा भर्डिकहरूका हिसावले पनि पुनः स्थापना अपरीहार्य छ ।”
महासचिव पोखरेलले वर्तमान सरकारलाई संविधानले नचिन्ने भएकाले उसले गराएको निर्वाचनमा सहभागी हुन नमिल्ने जिकिर समेत गरे ।








