वालनट बिस्ट्रोमा डाइस रोल अफर सुरू, छक्का आए २ हजारसम्मको बिल छुट
काठमाडौँ . पानीपोखरीस्थित वालनट बिस्ट्रो रेष्टुरेन्टले ग्राहकलाई बिल तिर्ने क्रममा नै रोमाञ्चक अनुभव दिलाउने उद्देश्यले नौलो अभ्यास सुरु गरेको छ। अब रेष्टुरेन्टमा खाजा वा खाना खाएर काउण्टरमा पुग्दा भाग्यले साथ दिए ‘लक्की नम्बर ६’ निकालेर २ हजार रुपैयाँसम्मको छुट पाउन सकिनेछ।
रेष्टुरेन्टका निर्देशक आकाश पौडेलका अनुसार काउण्टरमा डाइस रोल गर्दा छक्का (६) निस्किएको खण्डमा २ हजार रुपैयाँसम्मको बिलमा भारी छुट लागू हुनेछ। यदि बिल २ हजारभन्दा कम छ भने सोही परिमाणको सेवा निःशुल्क पाउन सकिनेछ।
उनले भने, “यो अफर दिउँसो २ बजेदेखि ६ बजेसम्म लागू हुन्छ। सामान्यतया शान्त मानिने यस समयमा ग्राहकको आवागमन बढाउनकै लागि यो योजना ल्याइएको हो।”
रेष्टुरेन्टले यो अभियान ग्राहकलाई नयाँ अनुभव दिलाउन, रमाइलो महसुस गराउन र सम्झनलायक क्षण बनाइदिने उद्देश्यका साथ सुरू गरेको हो। “बिल तिर्ने क्षणलाई पनि मनोरञ्जनपूर्ण बनाउन र फेरि–फेरि आउन प्रेरित गर्न यो नयाँ ट्रेण्ड सुरू गरिएको हो,” पौडेलले भने।
‘रोल, इट, रीपीट, लक इज जस्ट अ रोल अवे’ भन्ने स्लोगनसहित बिस्ट्रोले ग्राहकलाई विशेष ह्यासट्याग प्रयोग गरी आफ्नो अनुभव सामाजिक सञ्जालमा शेयर गर्न प्रोत्साहित पनि गरिरहेको छ। डाइस रोल गरेर कसैले निःशुल्क भोजन जिते रोचक अनुभव सामाजिक सञ्जालमै चर्चा बटुल्ने र नयाँ ग्राहक आकर्षित हुने उनीहरू विश्वास गर्छन्।
यसअघि पनि वालनट बिस्ट्रोले ‘लिटल फ्री लाइब्रेरी’ अभियान सुरू गरी स्वादसँगै ज्ञान आदान–प्रदानको वातावरण बनाएको थियो।








