१९ मंसिर २०८२, शुक्रबार

नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्युठानबाट सर्वसम्मत प्रतिनिधि चयन

प्रकाशित मिति :  30 November, 2025 6:59 am


प्युठान। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्युठानमा सर्वसम्मत प्रतिनिधि चयन भएको छ ।

४ हजार ३ सय ४५ सङ्गठित सदस्यहरूमध्येबाट ८ जना प्रतिनिधि सर्वसम्मत चयन भएका नेकपा एमाले प्युठानले जनाएको छ ।

प्रतिनिधि चयन हुनेमा खुल्लातर्फ हरिप्रसाद रिजाल, विजयविराज बिष्ट,तुल्सीराम शर्मा र नेगनसिंह कँवर छन् ।

यस्तै दलिततर्फ झगबहादुर विश्वकर्मा युवातर्फ श्रीधर रोका मगर र महिलातर्फ दीपा घर्ती पौडेल तथा देवकीदेवी भण्डारी प्रतिनिधि चयन भएका छन् ।



प्रतिक्रिया दिनुहोस !