१९ मंसिर २०८२, शुक्रबार

वीर अस्पतालमा १५० भन्दा बढीलाई निःशुल्क खाना वितरण

प्रकाशित मिति :  1 December, 2025 7:19 pm


काठमाडौं । अष्ट डिम्डुङको नेतृत्वमा शनिबार वीर अस्पतालमा १५० भन्दा बढी विपन्न तथा कुरुवालाई निःशुल्क खाना वितरण गरिएको छ। तीनकुनेस्थित चिया अनुभवमा आयोजित मनोरञ्जनात्मक कार्यक्रमबाट संकलित रकमबाट मुख्य प्रायोजक ओइल एण्ड एसोसिएट्स को सहयोगमा भोजन सेवा सञ्चालन गरिएको आयोजक कमिटिले जानकारी दिए।

कार्यक्रम दिउँसो ३:१५ बजे सुरु भई साँझ ८ बजे सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुति, ओपन–माइक रहेका थिए। मुख्य कलाकार ऋषव काफ्लेको स्ट्यान्ड–अप कमेडी , दिपेश घिमिरेको प्यारोडी गीत र रिच समीर पौडेलको र्याप गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा हाजिरीजवाफ प्रतियोगिता पनि खेलाइएको थियो जसमार्फत बिजेताहरुले क्युएफएक्स सिनेमाको टिकट समेत पाएका थिए।

उक्त कार्यक्रममा इभरोन एजुकेसन सर्भिस, द वोन्डरल्यान्ड ,इनर्याए प्रोडक्सन , सिसिआर्सी क्लब अफ ह्युम्यानिटि , दार्ही ग्याङ, लियो साथै रोट्र्याक्ट क्लबहरूको सहभागी रहेको थियो।

कार्यक्रमको नेतृत्व अष्ट डिम्डुङ, नहुष चापागाईँ, प्रञ्जल पन्थी, अनुप दाहाल र रोहित खत्रीले गरेका थिए।



प्रतिक्रिया दिनुहोस !