३ चैत्र २०८२, मंगलबार

नेसनल प्याब्सन कास्कीद्वारा खेलकुद महोत्सव उद्घाटन, स्वास्थ्य र नेतृत्व विकासमा जोड

प्रकाशित मिति :  13 December, 2025 11:54 am


काठमाडाैँ । नेसनल प्याब्सन कास्कीले खेलकुद कार्यक्रम भव्य समारोहका बिच उद्घाटन गरेको छ। उक्त कार्यक्रमको उद्घाटन कास्कीका वरिष्ठ उपाध्यक्ष ज्ञानेंद्र मोहन भट्टराईले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व नेसनल प्याब्सन कास्कीका अध्यक्ष रोशन कोइरालाले गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष भट्टराईले खेलकुद शारीरिक स्वास्थ्यका लागि मात्र नभई मानसिक विकास तथा सकारात्मक सोचको अभिवृद्धिका लागि पनि अत्यन्त आवश्यक रहेको बताए। उनले भने, “यस खेलकुद महोत्सवले बालबालिकामा नेतृत्व क्षमता, अनुशासन र सामाजिक चेतनाको विकास गर्ने विश्वास लिइएको छ।”

कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि नेसनल प्याब्सनका पूर्व अध्यक्ष ऋतुराज सापकोटा रहेका थिए । सो अवसरमा उपाध्यक्ष तिलक चौहान र महासचिव प्रताप थापाले विशिष्ट अतिथिका रूपमा सहभागिता जनाउँदै बालबालिकाको समग्र विकासमा खेलकुदको महत्वलाई दोहोर्‍याए।

खेलकुद महोत्सवअन्तर्गत विभिन्न खेलकुद प्रतियोगिता, खेल प्रदर्शन तथा पुरस्कार वितरण कार्यक्रमहरू आयोजना गरिएका छन्।

आयोजकहरूले बालबालिकाको स्वास्थ्य, अनुशासन र नेतृत्व विकासमा यस महोत्सवले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस !