फागुन २१ मा निर्वाचन नभए मुलुकको अस्तित्वमाथि नै सङ्कट आउनसक्छः मुख्यमन्त्री पाण्डे
प्रकाशित मिति : 15 December, 2025 4:35 pm
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तोकिएकै मितिमा निर्वाचन सम्पन्न नभए मुलुकको अस्तित्वमाथि नै सङ्कट आउने चेतावनी दिएका छन् ।
सोमवार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । मुख्यमन्त्री पाण्डेले फेरि निर्वाचन सार्ने, सरकार फेर्नेलगायतका काम भए मुलुक राजनीतिक अस्थिरतामा फस्ने र त्यसले झन ठूलो सङ्कट निम्त्याउने जिकिर गरे । उनले वर्तमान सरकारले तोकिएकै मितिमा निर्वाचन हुनेगरी आवश्यक वातावरण बनाउनुपर्ने बताए ।
मुख्यमन्त्री पाण्डेले जेन–जी आन्दोलनपछि सुरक्षाकर्मीहरुको मनोवल कमजोर हुने काम भएकाले त्यसलाई सशक्त बनाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए ।








