सूर्य थापा एमाले केन्द्रीय सदस्यमा विजयी
प्रकाशित मिति : 18 December, 2025 9:12 pm
काठमाडाैँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट सूर्य थापा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले १ हजार ३ सय २० मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान सुरक्षित गरेका हुन्।
प्यूठानबाट निर्वाचित निवर्तमान संघीय सांसदसमेत रहेका थापा यसअघि पार्टीको पोलिटब्यूरो सदस्यको जिम्मेवारीमा थिए।
पार्टीभित्र खरो र स्पष्ट विचार प्रस्तुत गर्ने नेताका रूपमा परिचित थापाको केन्द्रीय सदस्यमा पुनः प्रवेशसँगै एमालेको नेतृत्व तहमा उनको भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै पार्टीलाई आगामी राजनीतिक चुनौती सामना गर्न सशक्त बनाउने लक्ष्यसहित केन्द्रीय कमिटी गठन गरिएको एमालेले जनाएको छ।








