सडक दुर्घटनामा प्याब्सनका कानुनी सल्लाहकार हरिराज भट्टराईको निधन
प्रकाशित मिति : 22 December, 2025 4:28 pm
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिका कानुनी सल्लाहकार हरिराज भट्टराईको सडक दुर्घटनामा परी निधन भएको छ।
दुर्घटनामा घाइते भई उपचाररत रहेका भट्टराईको आज दिउँसो २ बजे उपचारकै क्रममा निधन भएको हो।
लामो समयदेखि प्याब्सन संगठनमा सक्रिय रहँदै आएका भट्टराई एक निष्ठावान्, अनुभवी तथा कुशल कानुनी सल्लाहकारका रूपमा परिचित थिए। उनको असामयिक निधनले प्याब्सन परिवारलाई अपूरणीय क्षति पुगेको प्याब्सनका महासचिव आरबी कटवालले बताए ।
प्याब्सनले उक्त घटनामा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा इष्टमित्रहरूप्रति हार्दिक समवेदना प्रकट गरेको छ। दिवंगत भट्टराईको अन्त्येष्टि आजै अपराह्न ५ः३० बजे पशुपति आर्यघाटमा सम्पन्न हुने प्याब्सनका महासचिव कटवालले जानकारी दिएका छन्।








