७ पुस २०८२, सोमबार

राप्रपा नेता गुरुङले भनेः मुलुकको निकासका लागि राजा, दल र जेनजी पुस्ताबिच नयाँ समझदारी जरुरी छ

प्रकाशित मिति :  22 December, 2025 5:20 pm


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुलुकलाई निकास दिलाउन राजा, राजनीतिक दल र जेनजी पुस्ताबिचको नयाँ समझदारी अपरिहार्य भएको बताएको छ।

सोमवार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा बोल्दै राप्रपा नेता राजेन्द्र गुरुङले भने, “मुलुकलाई नविन समझदारीमार्फत निकास दिनेतर्फ अगाडि बढौं। निषेधको राजनीतिले मुलुकलाई अघि बढाउन सक्ने अवस्था छैन। यसकारण हाम्रो पार्टीले मुख्य शक्तिहरूबीच नयाँ समझदारीमार्फत अघि बढ्ने मार्गचित्र प्रस्तुत गरेको छ।”

नेता गुरुङले थपे, “राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रस्तुत गरेको मार्गचित्रअनुसार राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच एक नविन समझदारी गरेर चुनाव सुनिश्चित गर्नुपर्छ। यसरी मात्र मुलुकलाई स्थायी निकास दिन सकिन्छ।”

उनले जेनजी पुस्ताको माग पूरा गर्न पनि तीन पक्षबिच समझदारी आवश्यक रहेको र यसले शंका, उपशंका समाप्त गरी देशलाई अघि बढाउने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !