८ बैशाख २०८१, शनिबार

शीर्ष स्थानमा रियल

प्रकाशित मिति :  25 June, 2020 3:09 pm


११ असार, काठमाडौं ।
स्पेनिस ला लिगा फुटबलमा मालोर्कालाई हराउदै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।

सोमवार राति भएको खेलमा रियलले मालोर्कालाई २–० ले हराउदै शीर्ष स्थानमा उक्लिएको हो । रियलको जितामा भिनिसियस जुनियर र सर्जियो रामोसले १ १ गोल गरे ।

रियलको घरेलु मैदानमा भएको खेलमा खेलको १९ औँ मिनेटमा भिनिसियसले गरेको गोलमार्फत रियलले अग्रता बनाएको थियो । त्यस्तै खेलको ५६ औं मिनेटमा कप्तान रामोसले गोल गर्दै रियललाई जीतको नजिक पुगेको थियो ।

जीतसँगै रियल ६८ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । तालिकामा बार्सिलोनाको ६८ अंक भएपनि ‘हेड टु हेड’ का आधारमा रियल शीर्ष स्थानमा उक्लिएको हो ।

मालोर्काको अंकतालिकामा २६ अंक छ ।



प्रतिक्रिया दिनुहोस !