११ पुस २०८२, शुक्रबार

समाजसेवी रमेश रेग्मीद्वारा दुई विद्यालयलाई तीन लाखभन्दा बढीको शैक्षिक सहयोग

प्रकाशित मिति :  25 December, 2025 1:54 pm


काठमाडाैँ । चिसापानीका समाजसेवी तथा होटल चिसापानीका सञ्चालक रमेश रेग्मीले शिक्षाको क्षेत्रमा उल्लेखनीय सहयोग गरेका छन्।

शिवपुरी गाउँपालिका–१ स्थित श्री भूमे देवी माध्यमिक विद्यालयलाई उनले १ लाख ५१ हजार रुपैँयाको अक्षय कोष स्थापना तथा ७० हजार रुपैँयाकाे होस्टल सञ्चालनका लागि आर्थिक सहयोग प्रदान गरेका हुन्। यसैगरी उनले श्री हिल्चे आधारभूत विद्यालयलाई पनि १ लाख ५१ हजार रुपैँयाको अक्षय कोष सहयोग गरेका छन्।

शैक्षिक उन्नयनमा योगदान पुर्‍याउने उद्देश्यले गरिएको यस सहयोगलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्। रेग्मीले आगामी दिनमा पनि शिक्षा क्षेत्रमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

दुई वटा विद्यालयमा एकैपटक उल्लेखनीय आर्थिक सहयोग गरेर समाजप्रतिको जिम्मेवारी वहन गरेकोमा विद्यालय परिवार तथा स्थानीयवासीले रेग्मीप्रति धन्यवाद व्यक्त गर्दै उनको समाजसेवी भावना अझ फराकिलो बन्दै जाओस् भन्ने कामना गरेका छन्।



प्रतिक्रिया दिनुहोस !