६ जेष्ठ २०८१, आइतबार

नेपालमा काेराेनाबाट मुत्यु हुनेकाे संख्या २६ पुग्याे

प्रकाशित मिति :  25 June, 2020 5:22 pm


काठमाडाै, ११ असार । 

नेपालमा काेराेना संक्रमणाबाट थप २ जनाकाे मुत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । याे सँगै मुत्युहुनेकाे संख्या २६ पुगेकाे छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमण भएर पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ५५ वर्षे पुरुषको बुधबार राति मृत्यु भएको हो । स्याङ्जाका ती संक्रमित मधुमेह र नियोनियाका पनि बिरामी थिए।

यस्तै चितवन स्थायी घर भएर ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ५० वर्षीय पुरुषको ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

नर्भिक अस्पतालमा उपचार गराइरहेका ति पुरुषमा कोरोना पोजिटिभ देखिएपछि पाटन अस्पताल ल्याइएको थियो । मृतक ५० वर्षीय पुरुषको ५ महिना अगाडी मिर्गौला प्रत्यारोपण गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !