१३ पुस २०८२, आइतबार

रवि–बालेनबीच एउटै पार्टीबाट चुनाव लड्ने ७ बुँदे सहमति

प्रकाशित मिति :  28 December, 2025 8:29 am


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच एउटै पार्टीमा आवद्ध भई आगामी निर्वाचनमा सहभागी हुने विषयमा ७ बुँदे सहमति भएको छ।

शनिबार साँझदेखि सुरु भएको दुवै नेताबीचको छलफल आइतबार बिहान करिब ४ बजे सहमतिमा टुंगिएको हो । सहमतिपत्र अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व रवि लामिछानेले सम्हाल्नेछन् भने प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सारिनेछ।

सहमतिपत्रको बुँदा नम्बर ४ मा रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने स्पष्ट उल्लेख गरिएको छ।

यस सहमतिलाई आगामी निर्वाचनमा वैकल्पिक राजनीतिक धारलाई एकीकृत गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। सहमतिपछि पार्टी संगठन, चुनावी रणनीति र साझा एजेन्डाबारे थप गृहकार्य अघि बढाइने बताइएको छ।



प्रतिक्रिया दिनुहोस !