१३ पुस २०८२, आइतबार

नेकपा(माओवादी)ले टुङ्ग्यायो रोल्पाबाट समानुपातिकमा तीनजनाको नाम,प्रत्यक्षमा विप्लव कि सन्तोष बुढा ?

प्रकाशित मिति :  28 December, 2025 5:09 pm


काठमाडौँ । नेकपा(माओवादी)ले रोल्पाबाट समानुपातिक तर्फ तीनजनाको नाम सिफारिस गरेको छ ।

प्रतिनिधि सभाको समानुपातिक तर्फ नेकपा (माओवादी)ले सम्झना सी, क्षेत्र बहादुर चन्द ‘किरण’ र युवातर्फ धनबहादुर थापा‘विश्लेषण’ को नाम टुङ्ग्याएको हो ।

प्रत्यक्षतर्फ भने पार्टी महासविच नेत्रविक्रम चन्द ‘विप्लव’ वा स्थायी समिति सदस्य सन्तोष बुढामगर मध्ये एकजनाको निर्णय हुने सम्भावना छ ।

विप्लवलाई रोल्पाबाटै चुनाव लड्न दबाब परिरहेको छ ।

प्रतिनिधि सभा तर्फ एउटा निर्वाचन क्षेत्र रहेको रोल्पामा नेकपा माओवादीबाट आकाङ्क्षी धेरै रहे पनि विप्लव र सन्तोषको नाममा छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ ।

रोल्पाबाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसबाट महामन्त्री गगन थापाको नाम समेत सम्बन्धित पार्टी कमिटीले सिफारिस गरेका छन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि आज र भोली समानुपातिकको बन्द सूची पेश गर्ने समय तोकेको छ । सोमबार ६ बजेसम्म आयोग पुग्ने दलले समानुपातिक तर्फको बन्द सूची पेश गर्न सक्ने छन् ।



प्रतिक्रिया दिनुहोस !