१४ पुस २०८२, सोमबार

नेकपा नेतृ घर्तीले भनिन्,‘अब प्रत्यक्ष तर्फको उमेद्वारी पनि नदोहोराइकन नयाँलाई दिने ‘बोल्ड डिसिजन’ गरौँ’

प्रकाशित मिति :  29 December, 2025 1:17 pm


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ जयपुरी घर्तीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेद्वार दोहोराउन नहुनेमा जोड दिएकी छन् ।

पार्टीले समानुपातिकमा पूर्वसांसद र मन्त्रीलाई समानुपातिक सूचीमा नराख्ने निर्णय गरेपछि घर्तीले प्रत्यक्षतर्फ पनि ‘बोल्ड निर्णय’ गर्नुपर्ने बताएकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै भनेकी छन्,“नेपाली कम्युनिस्ट पार्टीले मन्त्री र समानुपातिक सांसद भइसकेकाहरुलाई समानुपातिक सूचीमा नराख्ने बोल्ड निर्णय लिनु एकदम स्वागतयोग्य निर्णय हो ।”

घर्ती रोल्पाबाट प्रत्यक्षतर्फ सिफारिसमा परेकी छन् । रोल्पाबाट नेकपाले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड १ नम्बरमा, वर्षमान पुन २ नम्बरमा, ३ नम्बरमा कुलप्रसाद केसी र चौथो नम्बरमा जयपुरीको नाम सिफारिस भएको छ ।

उनले भने प्रत्यक्ष तर्फ पनि नयाँलाई अवसर दिनुपर्नेमा जोड दिएकी हुन् । उनले भनेकी छन्,“अब प्रत्यक्षतर्फको उम्मेदवारी पनि नदोहोराइकन नयाँलाई उम्मेदवारीको टिकट दिने बोल्ड डिसिजन गरौँ ।”



प्रतिक्रिया दिनुहोस !