लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री केसी दाङ क्षेत्र नम्बर १ बाट पनि सिफारिस
प्रकाशित मिति : 29 December, 2025 3:05 pm
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी प्रत्यक्षतर्फ दाङ क्षेत्र नम्बर १ बाट पनि सिफारिसमा परेका छन् ।
दाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ मेटमणी चौधरी पहिलो नम्बरमा सिफारिस हुँदा केसी दोस्रो नम्बरमा छन् ।
केसी रोल्पाबाट नेकपाबाट प्रचण्ड र वर्षमान पुनपछि तेस्रो नम्बरमा सिफारिस भएका छन् ।
दाङ क्षेत्र नम्बर १ बाट नेकपाले ८ जनाको नाम सिफारिस गरेको छ । पूर्वसभामुख कृष्णबहादुर महरालाईभने सम्मानार्थ सिफारिस गरेको । महरा रोल्पाबाट समानुपातिकमा १ नम्बरमा सिफारिसमा थिए ।








