२२ बैशाख २०८१, शनिबार

सांसद रोकाको पहलमा काठमाडौं बस्ने रुकुम पूर्वका १ सय ३ परिवारलाई राहत वितरण

प्रकाशित मिति :  25 June, 2020 8:08 pm


काठमाडौं, ११ असार ।

सांसद  कमला रोकाको पहलमा काठमाडौंमा समस्या परेका रुकुम पूर्वका १ सय ३ परिवारलाई राहत वितरण गरिएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउन गरेपछि समस्यामा परेका काठमाडौंको नयाँ बसपार्क आसपास बसोबास गर्ने रुकुम पूर्वका १ सय ३ परिवारलाई राहत वितरण गरिएको सांसद रोकाले जानकारी दिईन् ।

सरकारले लकडाउन खुकुलो पारेपनि नियमित कामकाजमा फर्किन नसकेका परिवारलाई राहतस्वरुप चामल उपलब्ध गराएको रोकाले जानकारी दिईन् ।

सांसद रोकाको पहलमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिका म्यासाचियूसेटस राज्य कमिटी बोस्टनका अध्यक्ष प्रेम तामाङ लगायत अमेरिकामा बसोबास गर्ने सुवास गोले, बिजय तामा, बुद्ध बज्र लामा, खुम तामाङ,सुनिल तामाङ, प्रविन कुमार तामाङ र प्रचण्ड श्रेष्ठको टोलीले ७० बोरा चामल उपलब्ध गराएका थिए ।

यस्तै सिंगटी हाइड्रोका कार्यकारी निर्देशक गणेश कार्की, युवा व्यवसायी सन्तोष चौहानले समेत ५र५ बोरा चामल राहत सहयोग उपलब्ध गराएका थिए । रोकाको पहलमा यो पाँचौ चरणको राहत वितरण हो । राहत वितरण गर्दै सांसद रोकाले लकडाउन खुकुलो पारिएपनि मानिसहरु काममा फर्किन नसक्दा समस्या थप भयाबह हुने अवस्थामा पुगेको उल्लेख गरिन् ।



प्रतिक्रिया दिनुहोस !