लुम्बिनीबाट राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस–एमालेका उम्मेदवारले गरे उम्मेदवारी दर्ता
दाङ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमाले का उम्मेदवारहरूले दाङमा संयुक्त रूपमा मनोनयन दर्ता गराएका छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८२ का लागि घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेस–एमालेका नेता तथा कार्यकर्ताहरू संयुक्त र्यालीसहित पुगेका थिए, जसले दुई दलबीचको चुनावी तालमेललाई सार्वजनिक रूपमा प्रदर्शन गरेको छ।
दलहरूबीच भएको सहमतिअनुसार एमालेकी रामकुमारी झाँक्री महिला क्लस्टरबाट उम्मेदवार बनेकी छन्। झाँक्रीको मनोनयन प्रस्तावकमा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी रहेका छन् भने समर्थकमा सोही पालिकाकी उपप्रमुख हुमाकुमारी डिसी रहेकी छन् ।
यस्तै, नेपाली कांग्रेसका तर्फबाट बासुदेव जंगलीले अपांगता क्लस्टरबाट मनोनयन दर्ता गराएका छन्। उनको प्रस्तावकमा बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री रहेका छन् भने समर्थकमा बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी रहेका छन् ।
अन्य क्लस्टरबाट उम्मेदवार बनेका कांग्रेसका चन्द्र केसीको प्रस्तावकमा दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु रहेका छन् भने समर्थकमा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत रहेका छन् ।








