२४ पुस २०८२, बिहिबार

राेल्पाबाट नेकपा(माओवादी)का महासचिव विप्लवकाे नाम एकल सिफारिस

प्रकाशित मिति :  7 January, 2026 3:58 pm


काठमाडौँ । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ रोल्पाबाट प्रत्यक्ष निर्वाचनका लागि एकल सिफारिस भएका छन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा (माओवादी) रोल्पाले महासचिव विप्लवको नाम एकल सिफारिस गरेको हो ।

रोल्पाबाट यसअघि नेपाली कम्युनिस्ट पार्टीले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता वर्षमान पुन, कुलप्रसाद केसी, जयपुरी घर्तीको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसले महामन्त्री गगन थापाको नाम सिफारिस गरेको छ ।



प्रतिक्रिया दिनुहोस !