६ माघ २०८२, मंगलबार

नेकपा (माओवादी) प्रकाण्डको नेतृत्वमा चुनावमा सहभागी

प्रकाशित मिति :  20 January, 2026 12:10 pm


काठमाडौँ । नेकपा (माओवादी) स्थायी कमिटी सदस्य एवं प्रक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा चुनावमा होमिएको छ ।

यसअघि महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’कै नेतृत्व चुनावमा भाग लिने तयारी गरे पनि परिस्थति बदलिएको भन्दै प्रवक्ता प्रकाण्डको नेतृत्वमा चुनावमा जाने निर्णय गरेको हो ।

विप्लव यसअघि रोल्पाबाट चुनाव लड्ने तयारी गरेका थिए । प्रकाण्ड कालीकोटबाट चुनाव लड्ने छन् । आज मनोनयन दर्ताका लागि प्रकाण्ड कालीकोट जाँदैछन् ।

यसअघि स्याथी कमिटी तहका नेता चुनावमा नजाने तयारी भए पनि कार्यकर्ताहरूको दाबाब आएपछि नेकपा (माओवादी)ले प्रवक्ता प्रकाण्डको नेतृत्वमा चुनावमा जाने निर्णय गरेको हो ।

महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“यो निर्वाचनमा हाम्रो पार्टी स्थायी समिति सदस्य एवं पार्टी प्रवक्ता कमरेड प्रकाण्ड सी को नेतृत्वमा देशव्यापी रूपमा सहभागी हुँदैछ ।”

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आज १६५ ओटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता हुँदै छ ।



प्रतिक्रिया दिनुहोस !