जेनजी आन्दोलनबाट क्षतिग्रस्त संरचनाको अध्यक्ष ओलीद्वारा झापामा स्थलगत अवलोकन
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी आन्दोलन’ का नाममा झापा जिल्लामा तोडफोड गरिएका व्यक्तिगत तथा सार्वजनिक संरचनाहरूको आज स्थलगत अवलोकन गरेका छन् ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्न झापा पुगेका अध्यक्ष ओलीले मनोनयन दर्ता गर्नु अघि आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको निरीक्षण गर्ने कार्यक्रम तय गरिएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए ।
अवलोकनका क्रममा अध्यक्ष ओलीले इलाका प्रहरी कार्यालय दमकको समेत निरीक्षण गरेका हुन् यसै क्रममा उनले दमक टावर, दमक नगरपालिका कार्यालय, पार्टी कार्यालयलगायत अन्य सार्वजनिक संरचनाहरू तथा निजी निवासको पनि अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ।
अध्यक्ष ओलीले आफ्नो गृह जिल्ला झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउँदै छन्।








