प्युठानमा उम्मेदवारी दिएपछि एमाले नेता सूर्य थापा भेटघाटमा व्यस्त ( तस्बिरहरू)
प्रकाशित मिति : 22 January, 2026 6:09 pm
प्युठान । प्युठानमा नेकपा एमालेबाट उम्मेदवारी दिएपछि सूर्य थापा भेटघाटमा लागेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि उम्मेदवारी दर्ता गराएपछि थापा कार्यकर्ता र आममतदातासँग भेटघाटमा लागेका हुन् ।
थापा २०७९ को निर्वाचनमा पनि प्युठानबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
थापाले प्युठानी जनताले पाँच वर्षका लागि जिम्मेवारी सुम्पिए पनि पुरा गर्न नपाएको बताए ।
उनले ३३ महिनामा सुरु गरेका कामलाई पुरा गर्न फेरि जिताउन आग्रह गरे । थापाले आज स्वर्गद्धारी नगरपालिका अन्तर्गतका विभिन्न क्षेत्रमा भेटाघाट गरेका छन् ।
फाेटाेहरू :













