दाङ क्षेत्र नम्बर १ मा नेकपाका नेता एवं पूर्वमुख्यमन्त्री केसीको बागी उम्मेदवारी कायमै
प्रकाशित मिति : 23 January, 2026 4:03 pm
देउखुरी । दाङ क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो उम्मेदवारी कायम राखेका छन् ।
केसीले बागी उम्मेदवारी दर्ता गरेका थिए । नेकपाले यस क्षेत्रमा मेटमणि चौधरीलाई उम्मेदवार बनाएको थियो ।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले दाङ–१ बाट कसैले पनि उम्मेदवारी फिर्ता नलिएको जानकारी गराएका छन् ।
केसीलाई फिर्ता गराउने प्रयास भए पनि उम्मेदवारी कायमै राखेका छन् । पार्टीले मेटमणि चौधरीलाई टिकट दिएपछि केसी असन्तुष्ट बनेका थिए ।
केसी २०७४ मा रोल्पाबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । २०७९ मा भने उनले चुनाव लडेका थिएनन् ।








