लुम्बिनीमा राष्ट्रिय सभा सदस्य निर्वाचनः घोराहीमा मतदान शान्तिपूर्ण रूपमा जारी
प्रकाशित मिति : 25 January, 2026 12:54 pm
काठमाडाैँ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ ।
घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।
लुम्बिनी प्रदेशबाट महिला, अपाङ्गता/अल्पसंख्यक र अन्य समूह गरी तीन पदका लागि निर्वाचन भइरहेको छ ।
यस निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनका उम्मेदवारहरू मुख्य प्रतिष्पर्धामा छन् भने अन्य दलका उम्मेदवारहरूले पनि उम्मेदवारी दिएका छन् । कुल ८ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् ।








