१४ माघ २०८२, बुधबार

नेता सुनिल शर्माले भनेः तपाईंहरूले जिताइसक्नुभयो, फागुन २१ त बाक्सा खोल्न पर्खिने दिन मात्रै हो

प्रकाशित मिति :  28 January, 2026 11:13 am


काठमाडाैँ । नेपाली काँग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले बदलिएको कांग्रेसलाई विजयी गराउन सबै लाग्नुपर्ने बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसँगको भेटघाटका क्रममा नेता शर्माले कांग्रेस पूर्ण रुपमा बदलिएकाले सबैले मतदान गरेर जिताउनुपर्ने बताएका हुन् ।

उनले अब युवा काँग्रेस, विपी कोईरालाले कल्पना गर्नुभएको समावेशी, लोकतान्त्रिक कांग्रेस बनिसकेको बताए । उनले नागरिकले दिने मत धेरै मूल्यवान रहेको भन्दै कुनै अन्योलमा नरपरी कांग्रेसलाई मतदान गर्न आह्वान गरे ।

बदलिएको कांग्रेसले नै देश बदल्ने उनको जिकिर छ । विपीहरुले जोगाएको कांग्रेस र रुखलाई मलजल गरिदिने जिम्मा र दायित्व अब नागरिकहरुको रहेको बताए ।

उनले नागरिकले आफूलाई जिताएर पठाउनेमा आफू विश्वस्त रहेको भन्दै फागुन २१ गते मात्रै कुर्नुपरेको उल्लेख गरे । 

उनले युवा काँग्रेसबाट अब देश परिवर्तन हुने दाबी समेत गरे । 



प्रतिक्रिया दिनुहोस !