१८ माघ २०८२, आइतबार

विद्युत् उत्पादन मात्र हैन, खपतका योजना चाहिन्छ: अध्यक्ष कार्की

प्रकाशित मिति :  1 February, 2026 2:34 pm


काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादन बढ्दै गए पनि खपत कसरी गर्ने भन्ने योजना राज्यसँग नभएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौँमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रमा सुझाव दिँदै अध्यक्ष कार्कीले विद्युत् निर्यात गर्न निजी क्षेत्रलाई दिनुपर्ने बताएका हुन् ।

दलहरूले उत्पादित विद्युत निर्यात, खपत तथा व्यपारमा भएका नीतिलाई सुधार गर्ने बाचा गर्नुपर्ने र कार्यान्वयनमा जोड दिनुपर्ने कार्कीको भनाइ छ ।

“विद्युत् उत्पादन मात्र गरेर हुँदैन खपतका योजना चाहिन्छ । निजी क्षेत्रले उत्पादन गरेको विद्युत् नेपाल विद्युत किनिदेने व्यवस्था गर्नुपर्छ, नत्र लाइसेन्स फिर्ता दिने व्यवस्था गर्नुपर्‍यो,”कार्कीले भने, “निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिनुपर्याे । निजी क्षेत्रको सुरक्षाका लागि नीति बनाउनुपर्‍यो ।”



प्रतिक्रिया दिनुहोस !