१९ माघ २०८२, सोमबार

राष्ट्रिय सभाबाट तीन ओटा अध्यादेश स्वीकृत

प्रकाशित मिति :  2 February, 2026 3:46 pm


काठमाडाैँ । राष्ट्रिय सभाको बैठकबाट अगामी २१ फागुनको निर्वाचनलाई लक्षित गरी अन्तरिम सरकारले जारी गरेका तीन ओटा अध्योदश स्वीकृत भएका छन् । 

सभाको सोमवारको बैठकबाट ती अध्यादेशहरू स्वीकृत भएका हुन् ।

सभामा गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !