२० माघ २०८२, मंगलबार

भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने पार्टी एमाले होः थापा

प्रकाशित मिति :  3 February, 2026 12:41 pm


प्यूठान । भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले भएको नेता सुर्य थापाले बताएका छन् ।

चुनावी भेटघाटका क्रममा सरुमारानी गाउँपालिका-१ फर्सावाङ्गमा भएको कार्यक्रममा बोल्दै उनले भुमिहिन जनातालाई बासको ब्यबस्था गर्ने नीति एमालेले अघि सारेको बताएका हुन् ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका एमाले केन्द्रिय सदस्य थापाले २०५१ सालमा भुमीहिन जनताहरुलाई बासको व्यवस्था गरेर वर्गीय नाता दर्शाएको उल्लेख गरे। बाङ्गेशाल लगायत जिल्लामा देखिएका घरबास विहिनहरूकाे समस्या समाधानका लागि ध्यान दिने उहाँले प्रतिबद्धता व्यक्त गरे ।

उनले दरभान-झिलीबाङ सडक कालोपत्रे गर्न ठेक्का निकालिएको, २ किमी सडक र एउटा पुल निर्माण गरिने तथा झिलीबाङ-लामाताल पक्की पुल अलपतत्र अवस्थाबाट निर्माण पूरा गर्ने गरी काम अघि बढेको जानकारी समेत गराए ।

बाङ्गेशाल क्षेत्रको अधुरो सिंचाई योजनालाई पूरा गरि यहाँको जमिन हराभरा बनाउने उनले योजना सुनाए ।



प्रतिक्रिया दिनुहोस !