२५ माघ २०८२, आइतबार

अवरुद्ध विकास निर्माणका काम पूरा गरेरै छोड्छु : कुन्ती पोखरेल

प्रकाशित मिति :  8 February, 2026 11:18 am


काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ कुन्ती पोखरेलले अवरुद्ध विकास निर्माणका कामहरू पूरा गरेरै छोड्ने दृढ प्रतिबद्धता व्यक्त गरेकी छन् ।

चुनावी घरदैलो कार्यक्रमका क्रममा स्थानीयको समर्थन पाएपछि उम्मेदवार पोखरेलले यसपटकको जित देशकै जित हुने दाबी गर्दै ‘हलो’ चिन्हमा मतदान गर्न अपिल गरिन्। उनले स्थानीय युवा क्लब र विकास निर्माणका योजनाहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।

घरदैलो कार्यक्रमका क्रममा स्थानीय युवा क्लबका सदस्यहरूसँगको भेटमा पोखरेलले विगतमा अदृश्य रूपमा सहयोग गरिरहेका युवाहरू अहिले प्रत्यक्ष रूपमा साथ दिन सडकमा आएको देख्दा भावुक बनेको बताइन् ।उनले आफूले भेट्न खोजिरहेका युवाहरू नै अहिले खुलेर साथ दिन आएको देख्दा खुशी लागेको उल्लेख गरिन्

आफ्नो क्षेत्रमा विकास निर्माणका काममा अवरोध आएकोप्रति असन्तुष्टि जनाउँदै उनले क्लब निर्माणका लागि सामग्री झारिसक्दा पनि काम रोकिएको बताइन् । त्यस्ता कामहरू अब पूरा गरेरै छोड्ने प्रतिबद्धता उनले व्यक्त गरिन्

उनले जित वा हारभन्दा माथि उठेर जनताको सेवामा लागिरहने प्रतिज्ञा दोहोर्‍याउँदै यसपटकको जितलाई व्यक्तिगत नभई देश र व्यवस्था परिवर्तनसँग जोडिएको जितका रूपमा व्याख्या गरिन्। राप्रपाको चुनाव चिन्ह ‘हलो’ को धार्मिक तथा सांस्कृतिक महत्व उल्लेख गर्दै उहाँले माता सीताको उदाहरण प्रस्तुत गरिन् ।

नेतृ पोखरेलले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई भावी प्रधानमन्त्रीको रूपमा चित्रण गर्दै देश निर्माणका लागि राप्रपालाई जिताउनुपर्नेमा जोड दिइन्। साथै, विगत तीन वर्षमा चुनाव हारेर पनि जनतामाझ गरेका वाचाहरू पूरा गरेको स्मरण गराउँदै उनले आफू सधैं जनताकै बिचमा रहने बताइन् ।



प्रतिक्रिया दिनुहोस !