२८ माघ २०८२, बुधबार

कुनै सतह र पृष्ठभूमि नभएका दलहरूबाट भ्रामक प्रचार हुने गरेको छ :बिनोद चौधरी

प्रकाशित मिति :  11 February, 2026 2:24 pm


काठमाडाैँ । नेपाली काङ्ग्रेस नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बिनोद चौधरीले नयाँ दलहरु प्रती कटाक्ष गर्दै कुनै सतह र पृष्ठभूमि नभएकाहरूबाट भ्रामक प्रचार हुने गरेको बताएका छन् ।

बर्दघाट नगरपालिका वडा नम्बर ४मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै चौधरीले पछिल्लो समय सामाजिक सन्जालहरुका नयाँ भनिएका दलहरुले भ्रामक प्रचार गरेको उल्लेख गरेका हुन् ।

“त्यस्ता कतिपय दलहरुले सामाजिक सन्जालमा कयौं प्रकारका भ्रामक प्रचार गरेका छ्न,जस्को कुनै सतह छैन,कुनै पृष्ठभूमि छैन,त्यसको काम खोजेर हिड्यो भने केही पनी भेटिदैन”उनले भने ।

नयाँ नेतृत्व चयन सगै नेपाली काङ्ग्रेसमा गुटगत राजनीतिको अन्त्य भएको बताउँदै उनले अबको ५ बर्षमा स्पष्ट आर्थिक रुपान्तरणको खाका सहित काङ्ग्रेसको नेतृत्वमा सरकार गठन हुने बताए।

बर्षौ सम्म देखिएको गुटगत प्रवृत्तीको प्रत्यक्ष असर बिकास निर्माण र आम नागरिकमा परेको भन्दै उनले मुलुकका हरेक निर्णायक आन्दोलनहरुमा काङ्ग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र समस्याको सुरक्षित अवतरण काङ्ग्रेसले नै गरेको जिकिर गरे ।

“हाम्रो यो क्षेत्र पनि गुटगत राजनीतिले बिकास निर्माणका हिसाबले धेरै पछि पर्यो एक अर्काले गरेका कामलाई अबमुल्यन गर्ने धकेल्न खोज्ने खालको प्रवित्तिले हाम्रो क्षेत्र पछाडि पर्यो”चौधरीले भने ।

अहिलेको निर्वाचनमा १ सय ६ स्थानमा काङ्ग्रेस नयाँ उम्मेदवारहरु अघि सारेकाले यो अत्यन्तै खुसिको कुरा भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !