राष्ट्रिय स्वाधीनता सङ्कटमा छ : नेता पुन
काठमाडौँ । नेकपा माओवादीका नेता वर्षमान पुनले राष्ट्रिय स्वाधीनता सङ्कटमा परेको बताएका छन् ।
एक भिडियो सन्देश जारी गर्दै नेता पुनले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो दलले राष्ट्रिय स्वाधीनता रक्षा, सुशासन, समृद्धि र रोजगारीका मुद्दालाई प्रमुख एजेन्डाका रुपमा अघि सारेको बताए । मुलुकले सुशासन र समृद्धि खोजिरहेको तथा युवाहरूलाई रोजगारी आवश्यक रहेको उनको भनाइ छ ।
पुनले मतदान गर्नुअघि राष्ट्रको स्वाधीनता र भविष्य, युवाको भविष्य, शहीदहरूको बलिदान र ऐतिहासिक संघर्षहरुलाई स्मरण गर्न अपिल गरेका छन् । पुनले विगतदेखि नै सुशासन र समृद्धिका मुद्दामा नेकपाले काम गर्दै आएको दाबी समेत गरेका छन् ।
पार्टीले विगतमा सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा काम गरेको दाबी गर्दै उनले महिला, मजदुर, किसान, दलित, जनजाति, मधेसी तथा कर्णालीजस्ता पिछडिएका क्षेत्रका समुदायलाई राज्यको मूलधारमा ल्याउन आफूरुहरुले भूमिका खेलेको बताए ।
संविधान र कानुनमार्फत सम्पत्तिमा महिलाको अधिकार, राजनीतिक सहभागिता र उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने पहल गरिएको उल्लेख गरे । हाल करिब ३० प्रतिशत महिलाहरू सम्पत्तिको मालिक बनेको र एकतिहाइ महिला राजनीतिक तथा सार्वजनिक क्षेत्रमा स्थापित भएको दाबी उनले गरे ।
“देश निर्वाचनमा होमिएको छ । राष्ट्रिय स्वाधीनमा संकटमा छ । देशले सुशासन खोजेको छ, समृद्धि खोजेको छ । युवाहरूलाई रोजगारी आवश्यक छ । राष्ट्रिय स्वाधीनकाताको रक्षा, सुशासन र देशको समृद्धिका लागि विगतदेखि काम गर्दै आएको नेपाली कम्युनिष्ट पार्टी र यसका उम्मेदवारहरुलाई आगामी निर्वाचमा तारा चिन्हमा मतदान गरी विजयी गराई आम नेपाली जनताले युवाहरुले आफ्नो राष्ट्रभत्ति, देशभत्ति, स्वाधीनता र सशासनको प्रतिबद्धतालाई व्यक्त गर्नुपर्ने छ”, पुनले भनेका छन् ।
युवाहरूको भविष्य सम्झन, देशको समृद्धि र सुशासन सम्झन र विगतका रक्तरञ्जित इतिहासहरू, हजारौँ दलिदान पूर्वजहरुले/अग्रजहरुले देशको रक्षाका लागि बगाएका रगतहरू एकपटक सम्झँदैनुपर्ने नेता पुनको भनाई छ ।
पुनले अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गर्दैस्वाधीनता, समृद्धि, सुशासन र रोजगारी सि र्जनाका लागि थप प्रतिबद्धतासहित अघि बढ्ने बताएका छन् ।
पार्टी र नेताहरू कमजोरीरहित नभए पनि विगतका सीमा सच्याउँदै पुनः जनताको सेवामा समर्पित हुने उनको भनाई छ ।








