अमेरिकी सैन्य परेडप्रति नेकपा (माओवादी)काे आपत्ति
प्रकाशित मिति : 16 February, 2026 12:15 pm
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले नेपाली सेना दिवसको अवसरमा काठमाडौँको सैन्य मञ्चमा अमेरिकी सेनाले गरेको सैन्य परेडप्रति आपत्ति जनाएकाे छ ।
पार्टीले जारी गरेकाे वक्तव्यमा राजनीतिक दल र जनताबिच सहमति वा जानकारी बिना अमेरिकी सैन्य परेड खेलिनु राष्ट्रिय सार्वभौमिकता तथा स्वाधीनतामा गंभीर असर पुर्याउने खालको कार्य भएको उल्लेख गरिएकाे छ ।
परेड सञ्चालन गर्ने र गराउने दुवै पक्षको घोर भत्र्सना गर्दै सरकारले यस घटनाप्रति आफ्नो धारणा यथासिघ्र सार्वजनिक गर्नुपर्ने माग गरिएको छ।
साथै देशको स्वाधीनता सङ्कटमा रहेको अवस्थामा यस्ता गतिविधि प्रति सजक रहन र आवश्यक परे प्रतिरोधका लागि तयार रहन आम नेपाली जनतालाई आह्वान गरिएको छ।








