५ फाल्गुन २०८२, मंगलबार

भैरहवाको लुम्बिनी गेट नजिकै भेटिएकाे शङ्कास्पद वस्तु क्यान बियरको बोतलभित्र माटो र ढुङ्गा

प्रकाशित मिति :  17 February, 2026 9:36 am


बुटवल । नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दको क्रममा भैरहवाको लुम्बिनी गेट नजिकै फेला परेको शङ्कास्पद वस्तु क्यान बियरको बोतलभित्र माटो र ढुङ्गा भेटिएको छ ।

बोराभित्र राखिएको र बाहिर कागजमा नेपाल बन्द सफल पारौँ लेखेर राखेको शङ्कास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको थियो ।

डिस्पोजका क्रममा क्यान बियरको बोतलभित्र माटो र ढुङ्गा भेटिएको प्रहरीले जनाएके छ ।

नेकपा(बहुमत)ले फागुन २१ को चुनाव बहिष्कारको आह्वान गर्दै नेपाल बन्दको घोषणा गरेको थियो ।

सोही पार्टीले शङ्कास्पद बस्तु राखेको हुन सक्ने प्रहरीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !