५ फाल्गुन २०८२, मंगलबार

केही सञ्चार माध्यमले गलत सूचना फैलाएर नेकपालाई अवमूल्यन गरेः अग्निप्रसाद सापकोटा

प्रकाशित मिति :  17 February, 2026 2:39 pm


काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले केही सञ्चार माध्यमहरुले आफ्नो पार्टीको उम्मेदवारविरुद्ध भ्रामक र गलत सूचना फैलाएर अवमूल्यन गर्ने काम गरिरहेको जनाएको छ ।

मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो पार्टीका नेता अग्निप्र्रसाद सापकोटा सो प्रतिक्रिया दिएका हुन् । उनले पत्रकारिताको न्युनतम मूल्य,मान्यता र निर्वाचन आचारसंहिता विपरितका भ्रामक र गलत समाचार सम्प्रेषण गरेको भन्दै कडा आपत्ति समेत जनाए ।

उनले त्यस्ता खालको गतिविधि नगर्न पनि सञ्चार माध्यामहरूलाई आग्रह गरे । उनले सञ्चार माध्यामहरुले निर्वाचन आचारसंहिता पालना लगाउनका लागि अनुगमनका कडाई गर्न नेपाल प्रेस काउन्सिलको समेत ध्यानाकर्षण गराए ।

नेता सापकोटाले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउने काममा विशेष जोड दिन सरकारलाई पनि सचेत गराए ।



प्रतिक्रिया दिनुहोस !