नेकपा (माओवादी)का महासचिव विप्लवले दाङमा चुनावी सभालाई सम्बोधन गर्ने
प्रकाशित मिति : 18 February, 2026 10:03 am
दाङ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज दाङ आउने भएका छन् ।
महासचिव विप्लवले आज दाङ क्षेत्र नम्बर १ अन्तर्गत देउखुरीको भालुबाङमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।
देउखुरीको कार्यक्रमपछि महासचिव विप्लव आजै तुलसीपुर पुगेर दाङ क्षेत्र नम्बर ३ को चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
महासचिव विप्लव यसपटक चुनावमा उम्मेद्वार छैनन् ।








