२० आश्विन २०८३, मंगलबार

नेकपा(माओवादी)लाई आश जगाउँदै पूर्वमुख्यमन्त्री र पूर्वमन्त्रीसँग प्रतिस्प्रधा गरिरहेका शाही

प्रकाशित मिति :  19 February, 2026 12:54 pm


दाङ । दाङ क्षेत्र नम्बर १ मा प्रकाश शाहीले चुनावी तयारी सुरु गरिसकेका थिए ।

अखिल क्रान्तिकारी(हाल अखिल समाजवादी) का पूर्वअध्यक्ष शाही भित्रभित्रै चुनावको तयारीमा लागि रहँदा जेन्जी आन्दोलन भयो । नियमित चुनाव अर्थात २०८४ सालमा आम निर्वाचन हुन्छ भन्ने मानसिकताका साथ शाही तयारीमा थिए ।

भदौ २३ र २४ गतेको जेनजी विद्रोहले २०८२ फागुन २१ मै प्रतिनिधि सभाको चुनावको घोषणा भयो । चुनाव घोषणा लगत्तै शाही प्रतिनिधि सभा चुनावको तयारीमा लागे ।

शाहीले अभियान सुरु गरे पनि उनी संलग्न पाटीृ नेकपा(माओवादी)को नेतृत्व भने उनको उम्मेदवारीबारे अलमल थियो । अलमल हुनुको कारण दाङ क्षेत्र नम्बर १ मा शाहीलाई नै चुनावमा अगाडि सार्ने वा गठबन्धन भएको खण्डमा अरुलाई समर्थन गर्ने ।

पार्टीको शिर्ष नेतृत्व आन्तरिक छलफलमा दोधार हुँदै शाहीले धानखोलादेखि लमहीसम्म फोरलेन सडकको मुद्दा उठाएर निकै अगाडि पुर्‍याइसकेका थिए । यसलाई उनले चुनावी अभियानमा समेत जोडेका थिए ।

नेतृत्वको निर्णयको प्रवाह नगरि स्थानीय मुद्दामा दत्तचित्त लागेका शाहीले चुनावको निर्णय गर्दासम्म निकै अगाडि पुगिसकेका थिए । सबै प्रभाव बुझेपछि नेकपा (माओवादी)ले शाहीलाई नै टिकट थियो । शाहीले भने,“हामी बलियो भएको देखेपछि पार्टीले विश्वास र्‍यो र हामीले सकारात्मक नतिजा निकाल्छौँ ।”

राप्ती गाउँपालिका देउखुरीकै स्थानीय उम्मेदवार शाही एमफिल/पिएचडी स्कलर पनि हुन् । दाङ् क्षेत्र नम्बर १ का सबैभन्दा कान्छा उम्मेदवार शाही यतिबेला चुनावी अभियानमा होमिएका छन् ।

नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले शाहीको चुनाव क्षेत्रमा पुगेर चुनावी सभालाई समेत बुधबार सम्बोधन गरेका छन् ।

राजनीतिमा सक्रिय शाहीले २०७२ सालको भुकम्पमा केन्द्रविन्दु रहेको गोर्खा बाकपाक गएर १ महिना पुननिर्माणमा संलग्न रहेका शाहीले २०७२ सालमै दाङदेउखुरीको प्रगन्न सिंचाइ कार्यालयका इन्जिनियर राम दुलारीलाई अफिसमा घुससहित पक्राउ गराएका थिए ।

२०७३ पौष ७ गते तत्कालीन अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई सर्वोच्च अदालत परिसरभित्रै कालोमोसो दलेर एक महिना जेलजीवन विताएका थिए ।

राष्ट्रियताको पक्षमा भारतद्वारा मिचिएका लिपुलेक कालापानी, सुस्ता लगाएतका विषयहरू लाई देशव्यापी प्रर्दशनको नेतृत्व गरेका शाहीले चितवनको सोमेश्वर गढीमा एक सय मिटर काँडेतार लगाएर साङ्केतिक विरोधमो नेतृत्व समेत गरेका थिए ।

२०७८ मङ्सिरदेखि फाल्गुन १५ सम्म निरन्तर विद्यार्थी सङ्गठनको नेतृत्व गरेका शाहीले २०८० असार १८ गते राप्ती गाउँपालिकाको कुलो मर्मतमा मर्मतमा भएको राजस्व हिनामिना प्रकरणमा सिडिओ, जिल्ला प्रहरी प्रमुख, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र स्थानीय नेताहरूको मिलेमतो सार्वजनिक गरेर भ्रष्टाचार विरूद्ध बोलेका थिए ।

भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री र अन्य प्रभावशालि नेताहरू विरूद्ध २०८० मा प्रदर्शनका क्रममा शाही पक्राउ परेका थिए ।

दाङको भालुबाङ ज्वालामाई गणका सशस्त्र प्रहरीका जवानहरूबाट बालिका बलात्कार गरी घटना थामथुम गर्ने खोजेकोमा आन्दोलनको नेतृत्व गरी दोषीहरूलाई गिरफ्तार गराउन प्रमुख भुमिका खेलेका शाही लुम्बिनी प्रदेशमा एमसिसिसी परियोनाले गलत तरिकाले सडक निर्माण गरेको र चारलेनको सडक हुनुपर्ने माघसहित सङ्घर्षको नेतृत्व गरेका छन् ।

शाहीको क्षेत्रमा अहिले स्वतन्त्र उम्मेदवार पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी सोना, पूर्व सङ्घीयमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता मेटमणि चौधरीसँग प्रतिस्प्रधामा छन् ।

१४ जना उम्मेदवार रहेका यस क्षेत्रमा नेपाली कांग्रेसबाट योगेन्द्र चोधरी, नेकपा एमालेबाट रेवतीरमण शर्मा घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठक, राप्रपाबाट विनय वि.सी., जनता समावादी पार्टीबाट सीताराम यादव, राष्ट्रिय जनमोर्चाबाट गणेशप्रसाद आचार्य, राष्ट्रिय परिवर्तन पार्टीबाट रन्जित चौधरी, नेसनल रिपब्लिक नेपालबाट मिनबहादुर ठेडीमगर, मंगल नेसनल अर्गनाइजेसनबाट खुमबहादुर गाहमगर र मालिकराम स्वतन्त्र उम्मेदवार छन् ।

पूर्वमन्त्री चौधरी दाङ क्षेत्र नम्बर १ बाटै यसअघि निर्वाचित भएका थिए ।

भ्रष्टाचार विरोधी अभियान र विद्यार्थी राजनीतिबाट उदायका शाही पूर्वमुख्य मन्त्री र पूर्वमन्त्रीसहित अन्य १३ जनासँग चुनावी मैदानमा छन् ।



प्रतिक्रिया दिनुहोस !