७ फाल्गुन २०८२, बिहिबार

नेकपा (माओवादी)का महासचिव विप्लव गृहजिल्ला रोल्पामा,चुनावी भेटघाट र सभालाई सम्बोधन गर्ने

प्रकाशित मिति :  19 February, 2026 5:32 pm


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ गृहजिल्ला रोल्पा पुगेका छन् ।

रोल्पाका विभिन्न चुनावी भेटघाट र सभालाई सम्बोधन गर्न महासचिव विप्लव रोल्पा पुगेका हुन् ।

उनले आज रोल्पाको सुलिचौरमा हुने चुनावी सभालाई सम्बोधन गरेका छन् । फागुन ८ गते विहान सदरमुकाम लिबाङमा पत्रकार, बुद्धिजीवी र व्यापारीहरूसँग भेटघाट र छलफल गर्ने कार्यक्रम तय भएको छ ।

महासचिव विप्लवले फागुन ८ गते १२ बजे घर्तीगाउँमा हुने चुनावी सभा र ९ गते १२ बजे गङ्गादेव गाउँपालिका २ सुखाओडारमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको नेकपा(माओवादी)ले जनाएको छ ।

नेकपा माओवादी पहिलोपटक गुलाफको चिन्ह लिएर प्रतिनिधि सभाको निर्वाचनमा सहभागी भएको छ ।

नेकपा (माओवादी)बाट रोल्पामा पोलिटब्युरो सदस्य चुडामणि वली ‘आदश’ प्रतिनिधि सभा प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवार छ ।

रोल्पाबाट समानुपातिकमा रोल्पाबाट नेकपा (माओवादी)बाट स्थायी समिति सदस्य सन्तोष बुढामगर, केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज सम्झना घर्ती, केन्द्रीय सल्लाहकार समिति सदस्य क्षेत्र बहादुर चन्द र सन्तोषी विक उम्मेदवार छन् ।



प्रतिक्रिया दिनुहोस !