८ फाल्गुन २०८२, शुक्रबार

प्युठानमा भोट माग्ने सूर्य थापा शैली (फोटोहरू)

प्रकाशित मिति :  20 February, 2026 1:15 pm


दाङ । नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य थापा प्युठानमा मतदाताबिच मत माग्न व्यस्त छन् ।

यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्युठानका मतदाताकाबिच पुगेका थापा दोस्रो पटक प्रतिनिधि सभामा प्रवेश गर्ने प्रयासमा छन् ।

२०७९ सालमा पनि थापा प्युठानबाट निर्वाचित भएका थिए । उनको चुनाव प्रचारको आफ्नो शैलीका कारण ‘भाइरल’ पनि भइरहेका छन् । खासगरी उनको माला लगाउने शैली बढी चर्चामा छ ।

उनी जनताको बिचमा जान्छन् अनि गलाबाट टाउकोसम्म छोप्ने गरेर माला लगाउछन् अनि मतदाताको बिचमा बस्छन् ।

यसपटक थापासँगै प्युठानमा नेपाली कांग्रेसका डा. गोविन्दराज पोखरेल,नेपाली कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्का,राष्ट्रिय स्वतन्त्र पार्टीका सुशान्त वैदिक, राप्रपाको धनेश्वर पण्डित, राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसीसहित १४ जना उम्मेदवार प्रतिस्प्रधामा छन् ।



प्रतिक्रिया दिनुहोस !