८ फाल्गुन २०८२, शुक्रबार

दाङमा नेकपा (एमाले)को झण्डा जलाएको आरोपमा एक जना पक्राउ

प्रकाशित मिति :  20 February, 2026 8:30 pm


काठमाडौँ । दाङमा नेकपा (एमाले)को झण्डा जलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर–७, कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, दाङले अनुसन्धानका क्रममा बस्नेतलाई पक्राउ गरिएको जनाएको छ । झण्डा जलाउने कार्यक्रममा संलग्न अन्य व्यक्तिको खोजि भइरहेको प्रहरीको भनाइ छ।

फागुन ७ गते बेलुकी तुलसीपुर–५ स्थित वीरेन्द्र चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानको स्वागतमा उपस्थित भएका व्यक्तिले एमालेको झण्डा जलाएका थिए ।

एमालेले रास्वपा कार्यकर्ताले आफ्नो झण्डा जलाएको आरोप लगाएको छ । रास्वपाले भने यसमा आफ्ना कार्यकर्ता संलग्न नभएको प्रस्टीकरण दिएको छ । एमालेको झण्डा जलाउँदै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नारा लगाएपछि तनाव बढेको छ ।



प्रतिक्रिया दिनुहोस !