९ फाल्गुन २०८२, शनिबार

दाङमा नेकपा ( एमाले) को झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

प्रकाशित मिति :  21 February, 2026 1:29 pm


दाङ । दाङमा नेकपा ( एमाले) को झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडहर निवासी २४ वर्षीय विक्रम परियारलाई आज पक्राउ गरिएको जानकारी दिएका हुन् ।

यससँगै झण्डा जलाएको आरोपमा पक्राउ पर्नेको सङ्ख्या तीन पुगेको छ । शुक्रबार तुलसीपुर–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो ।

एमालेको झण्डा जलाउने कार्यमा संलग्न थप व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दाङको घोराहीमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको टोलीलाई स्वागत गर्न बसेको समूहले फागुन ७ गते एमालेको झण्डा जलाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !