दुर्गा प्रसाईंको रिहाइको माग गर्दै मोटरसाइकल र्याली
प्रकाशित मिति : 22 February, 2026 3:20 pm
काठमाडाैँ । दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाडौँमा मोटरसाइकल र्याली निकालिएको छ ।
आइतवार काठमाडौँको माईतीघर मण्डलामा भेला भएका राजावादीहरुले प्रसार्ईंको तत्काल रिहा गर्न सरकारसँग माग गर्दै सो र्याली निकालेका हुन् । उनीहरुले प्रसाईंलाई पक्राउ गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।
प्रसाईंलाई यही फागुन ४ गते सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो । सोही पक्राउको विरोधमा हिन्दुराज्य नेपाल कायम गरौं भन्ने मूल नारासहित र्यालीमा सहभागी भएकाहरूले गणतन्त्र विरोधी नारा पनि लगाएका थिए ।
माइतीघर मण्डलाबाट सुरू भएको सो र्याली भद्रकालीमा पुगेर समापन भएको थियो ।








