रञ्जु दर्शनालाई पुत्रलाभ
प्रकाशित मिति : 24 February, 2026 2:10 pm
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं- १ मा उम्मेदवार रहेकी रञ्जु दर्शनालाई पुत्रलाभ भएको छ।
मंगलबार बिहान काठमाडौँको सिभिल अस्पतालमा रञ्जुले छोरालाई जन्म दिएकी हुन्। रञ्जुले आज बिहान फेसबुकमा भिडियो पोष्ट गर्दै आज आफ्नो लागि विशेष दिन भएको बताएकी थिइन्।
केहीदिन अघि उनी ९ महिनाको गर्भ बोकेर चुनावी घरदैलोमै व्यस्त थिइन् । पछिल्लो केही दिनदेखि रास्वापले उनको उपस्थिति बिना नै काठमाडौं-१ मा चुनावी अभियान सञ्चालन गरिरहेको छ।








