एमालेका उपाध्यक्ष पाैडेलले गरे मतदान
प्रकाशित मिति : 5 March, 2026 7:39 am
बुटवल । पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष तथा रूपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले मतदान गरेका छन् ।
पौडेलले आफ्नो निर्वाचन क्षेत्र बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्यालयको मतदान केन्द्रमा पहिलो मतदान गरेका हुन् ।
यो क्षेत्रबाट पौडेलले ४ पटक चुनाव जितिसकेका छन् ।








