रोल्पाबाट कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार डा. वलीले गरे मतदान
प्रकाशित मिति : 5 March, 2026 8:54 am
काठमाडौँ । रोल्पाबाट नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार डा. सुदनकुमार वलीले मतदान गरेका छन् ।
उनले रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर ६ मेहलधाराबाट मतदान गरेका हुन् ।
अर्थशास्त्री डा. वलीले २० ८४ मा हुने चुनाव २०८२ मै हुँदा उत्साह केही कम भए पनि परिवर्तनलाई सम्बोधन गर्नुपर्छ भन्ने मतदातामा पाएको बताए ।
उनले भने,“आम जनतामा अहिलेको परिवर्तित अवस्थालाई सम्बोधन गर्नुपर्छ भन्ने चाहना आम मतदातामा छ ।”








