मध्यान्ह १२ बजेसम्म १६.८८ प्रतिशत मतदान,लुम्बिनीमा १६.०६ प्रतिशत खस्याे
प्रकाशित मिति : 5 March, 2026 12:49 pm
काठमाडौँ । मध्यान्ह १२ बजेसम्म १६.८८ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगकाअनुसार पाँच घण्टाको अवधिमा देशभर झण्डै ३२ लाख मत खसेको हो ।
विहान ७ बजेदेखि सुरु भएको मतदान मध्यान्ह १२ बजेसम्म ३१ लाख ९० हजार ८८ मत खसेको हो ।
सबैभन्दा बढी धेरै मत काठमाडौँ उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ ।
मधेमा प्रदेशमा १०.४६ प्रतिशत, बागमतीमा १७.२१ प्रतिशत,गण्डकीमा २२.५० प्रतिशत, लुम्बिनीमा १६.०६ प्रतिशत, कर्णालीमा २०.२३ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा २०.०७ प्रतिशत मत खसेको हो । मतदान जारी छ ।








