२१ फाल्गुन २०८२, बिहिबार

प्रतिनिधि सभा निर्वाचनको मतदान गर्ने समय सकियाे

प्रकाशित मिति :  5 March, 2026 5:08 pm


काठमाडौँ । जेनजी विद्रोहपछि भएको प्रतिनिधि सभा निर्वाचनको मतदान गर्ने समय सकिएको छ ।

निर्वाचन आयोगले विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म समय तय गरेको थियो । लाइनमा बसिसकेका मतदाताले भने मतदान गर्न पाउने छन् ।

गत भदौ २३ र २४ गते जेनजी विद्रोहपछि नयाँ निर्वाचनको मिति तय भएको थियो ।

विद्रोहपछि सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनकै नेतृत्वमा आज चुनाव भएको हो ।

प्रत्यक्ष तर्फ १६५ र समानुपातिकतर्फ ११० सांसदका लागि मतदान भएको छ ।

निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष,३८८ महिला र एक अन्य गरी ३ हजार ४ सय ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३ सय ६३ पुरुष र १ हजार ७ सय ७२ महिला गरी ३ हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता थिए ।

यसमध्ये ६० प्रतिशतले मतदान गरेका छन् । निर्वाचन आयोगले मतपेटिका सङ्कलन भएको २४ घन्टाभित्र नतिजा सार्वजनिक गर्ने बताएको छ ।



प्रतिक्रिया दिनुहोस !