२२ फाल्गुन २०८२, शुक्रबार

३४ निर्वाचन क्षेत्रमा जारी मतगणनामा ३० ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीकाे अग्रता

प्रकाशित मिति :  6 March, 2026 8:08 am


काठमाडौँ । प्रतिनिधि सभाका लागि भएको चुनावको मतगणना जारी छ ।

निर्वाचन आयोगको विहान ८ बजेको तथ्याङ्कअनुसार ३४ निर्वाचन क्षेत्रमा जारी मतगणनामा ३० ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

नेकपा एमालेले ३ र नेपाली कांग्रेसले १ ठाउँमा अग्रता लिएका छन् ।

काठमाडौँ उपत्यकासहित सुगम ठाउँमा मतगणना गएराति देखि नै मतगणना चलिरहेको छ ।

बाँकी ठाउँमा भने आज विहानदेखि मतगणना सुरु गर्ने तयारी छ । जारी मतगणनामा रास्वपा निकै अगाडि देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !