रुपन्देही क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार खान अगाडि
प्रकाशित मिति : 6 March, 2026 10:56 am
रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अगाडि छन् ।
प्रारम्भिक १५६२ मत गणना हुँदा रास्वपाका उम्मेदवार तौफिक अहमद खानले ९२५ मत पाएको छन् ।
नेकपा एमालेका खिमलाल भट्टराईले २६८, नेपाली कांग्रेसबाट भरतकुमार शाहले १९८, श्रम संस्कृति पार्टीका उम्मेदवारले ९० मत पाएका छन् ।
यस्तै नेकपाका मोहम्मद वकिल मुसलमानले ३३ र राप्रपाका मिनप्रसाद घिमिरेले १८ मत पाएका छन् ।
रुपन्देही क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेवार सुनिल लम्सालले अग्रता लिएका छन् ।







